Section 14
लिलामद्वारा बिक्री नहुने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुभन्दा अघि ट्रष्टको सम्पत्ति कसैले कुनै किसिमले धितोबन्धक राखी ऋण लिएकोमा त्यस्तो ऋण असूली नभएको कारणले ट्रष्टको सम्पत्ति लिलामद्वारा बिक्री वितरण वा जफत हुने छैन ।
तर सम्वत् २०५८ साल जेष्ठ १८ गतेभन्दा अघि नै धितोबन्धक राखिएको सम्पत्तिको हकमा यो व्यवस्था लागू हुने छैन ।
(२) उपदफा (१) बमोजिमको ट्रष्टको सम्पत्ति धितोबन्धक लिई ऋण दिने बैङ्क वा वित्तीय संस्थाले त्यस्तो सम्पत्तिको सट्टामा त्यसरी धितोबन्धक दिने व्यक्तिको अर्को कुनै सम्पत्तिबाट त्यस्तो ऋण असूलउपर गर्न सक्नेछ ।